पुर्ख्यौली घर तेह्रथुम जिल्ला साविक पौंठाक गा.वि.स. – १ हाल मेन्छयायेम – १ लावृ गैरी गाउँ (चुङ्जीवा) मा वि.सं. १९९३ साल फागुन २२ गतेका दिन जन्म भई हाल मोरंग जिल्ला पथरी शनिश्चरे न.पा. – ४, पथरी, सम्झना चौक स्थायी बसोबास गर्ने बुबा स्व. नर बहादुर लुम्फुङ्वा र आमा स्व. हाङ्मारोती चेम्जोङको जेठा छोरा छत्थरे वा माङ्धाने जेठा भनिने रत्न बहादुर लुम्फुङ्वाको ८९ वर्षको उमेरमा २०८२ कार्तिक २२ गतेको दिन दुःखद निधन भएकोले लुम्फुङ्वा कल्याणकारी संस्था हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । यस दुःखद घडीमा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकलाई सहन सक्ने शक्ति तागेरानिंवाफुमाङ्ले प्रदान गरुन ।
लुम्फुङ्वा कल्याणकारी संस्था
धरान विजयपुर, लिम्बुवान नेपाल